मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

सांसद माझीकाे पहल पछि भाेटेवडार बेलघारी सडक सुधार र ढलान कार्य शुरू

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
सांसद माझीको सक्रिय पहल पश्चात् लामाे समयदेखि काम शुरू नभएर सास्ती खेपिरहेकाे भाेटेवडार बेलघारी सडक खण्डमा सडक सुधार र ढलान कार्य शुरू भएको छ । साे सडक सुधार कार्य उपभोक्ता समिति मार्फत काम शुरू गरिएको हाे ।
१९ पौष २०७९, मङ्गलबार

लमजुङ । लमजुङबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनेकी उर्मिला माझी पाैडेलले विकास निर्माणका काममा देखिएको ढिलासुस्ती हटाउन र समयमा काम सम्पन्न गरि जनतालाई प्रभावकारी सेवा दिनकाे लागि गरेकाे पहलपछि केही काम शुरू भएका छन् ।

सांसद माझीको सक्रिय पहल पश्चात् लामाे समयदेखि काम शुरू नभएर सास्ती खेपिरहेकाे भाेटेवडार बेलघारी सडक खण्डमा सडक सुधार र ढलान कार्य शुरू भएको छ । साे सडक सुधार कार्य उपभोक्ता समिति मार्फत काम शुरू गरिएको हाे ।

सांसद माझीले प्रमुख जिल्ला अधिकारी र पुर्वाधार प्रमुखलगायतसँग साे सडक ममर्म कार्य तत्काल गर्नकाे लागि निर्देशन गरेकाे २ दिनमै काम शुरू भएपछि स्थानिय उपभोक्ताहरू खुसि भएका छन् । निर्वाचनमा विजय भएपछि पहिलोपटक जिल्ला आएकी नेकपा माओवादी केन्द्रकी सांसद माझीले प्रमुख जिल्ला अधिकारी र पुर्वाधार प्रमुखलगायतसँग छलफल गर्दै विकासका कामहरू ताेकिएकाे समयमा नसक्दा जनताले असुविधा भाेग्न बाध्य हुनुका साथै जिल्लाकाे परिचय पनि विग्रने बताउँदै तत्काल काम गरेर परिणाम निकाल्न आग्रह गरेकी थिइन्। 

 साे सडक खण्डको निर्माण समयमा नहुँदा दाेर्दी गाउँपालिका र दुधपाेखरी गाउँपालिका जाने यातायात नराम्ररी प्रभावित हुने गरेकाे छ । प्रमुख जिल्ला अधिकारी सुशील बैधले यसलाई गम्भीरतापूर्वक लिएको र तत्काल काम अगाडि बढाउने बताएका थिए । साे खण्ड मर्मत र सुधारकाे लागि गण्डकी प्रदेश सरकारकाे १० लाख बजेट प्राप्त भएको छ भने आवश्यक थप बजेट व्यवस्थाकाे लागि सांसद माझीले पहल गर्ने बताएकी छीन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार