मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

एमसीसी पास गराउन प्रधानमन्त्री देउवा सक्रिय

महमूद आलम खान 1132+ समाचार ( )
संसदमा टेबल भएको एमसीसी पारित गर्नका लागि प्रधानमन्त्री देउवाले दौडधुप बढेको हो
१० फाल्गुन २०७८, मङ्गलबार

काठमाडौं । एमसीसी संसदमा टेबल गरिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको दौडधुप बढेको छ ।

मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका प्रधानमन्त्री देउवा आज बिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार पुगेका छन् ।

संसदमा टेबल भएको एमसीसी पारित गर्नका लागि प्रधानमन्त्री देउवाले दौडधुप बढेको हो । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा रहेका छन् ।

मंगलबार भएको देउवा र ओलीबीचको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ । उक्त भेटमा देउवाले ओलीलाई एमसीसीमा सघाउन आग्रह गरेका थिए । तर, जवाफमा ओलीले आफूहरुको माग पूरा गरेपछि मात्र सघाउने बताएका थिए । एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।

यसैबीच आजै एमाले अध्यक्ष ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण बालकोट पुगेका छन् । एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाँड ओलीनिवास बालकोट गएका हुन् । भेटमा सत्तागठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार