मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नरैनापुरमा नवनिर्मित ‘बिओपी’को उद्धघाटन

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
सीमा सुरक्षामा सशस्त्र प्रहरी संवेदनशील बाहिनीपति खड्का
२२ चैत्र २०७९, बुधवार

नरैनापुर ।  बाँकेको नरैनापुर गाउँपालिका ६ गंगापुरमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको उद्घाटन गरिएको छ । बुधबार एक समारोहका बिच नं ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति बिदुर खडका र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै बाहिनीपति खड्काले सीमा सुरक्षाको जिम्मेवारी बाहेक पनि राष्ट्रले सुम्पेको अन्य जिम्मेवारीमा तल्लीन भएर सशस्त्र प्रहरीले काम गरिरहेको बताउनु भयो । उहाँले मुलुकको भूमि एक इन्च पनि तलमाथि नहुने गरी सशस्त्र प्रहरी संवेदनशील भई काम गर्ने जिकिर गर्नु भयो । नागरिकको सुरक्षाका लागि सुरुमा सुरक्षाकर्मीलाई नै बलियो बनाउनुपर्ने भन्दै सो ठाउँमा बोर्डर आउट पोष्टको स्थापना गरिएको बाहिनीपतिको भनाई थियो । सीमा सुरक्षाका लागि सबैको भूमिका महत्त्वपूर्ण रहने बताउदै बाहिनीपति खड्काले ‘सीमा सुरक्षा गर्ने जिम्मेवारी सुरक्षाकर्मीको मात्र हो भनेर भन्नू हुन्न तपाई हामी नागरिकको पनि उत्तिकै भूमिका रहन्छ ।’

कार्यक्रममा बोल्दै नरैनापुर गाँउापालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले सशस्त्र द्वन्द्वको विषम परिस्थितिमा स्थापना भई मुलुकमा शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नु भयो । उहाँले विपद्का वेला उद्धार संक्रामक रोग नियन्त्रणमा पनि सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको थियो । अध्यक्ष शाहले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको निरन्तर डिउटीले गर्दा चोरी तस्करी कम भएको बताउदै भन्नुभयो ‘पहिले गाउँमै आएर चोरी, डकैती हुने गरेको भन्ने सुन्ने गरिन थियो,’ ‘अहिले त्यस्तो भएको छैन, सीमा क्षेत्रमा हुने अबैध ओसारपसार पनि रोकिएको छ ।’

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक सन्तोष सिंह राठोर,राष्ट्रिय अनुसन्धानका उप निर्देशक मोहन कुवर, नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, सशस्त्रका डिएसपी दिपक चन्द, वडा नं. ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य, वडा नं. ६ का अध्यक्ष प्रेम मौर्य, नरैनापुरका लेखा अधिकृत भरत बस्नेत लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार