मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

३० करोडको लागतमा निर्माण भएकोे वन्डरल्याण्ड वाटर एण्ड फन पार्कमा गर्मी छल्न पर्यटकको भीड

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

बाँके ८ बैशाख । बाँकेको जानकी गाँउपालिका ६ मनिकापुरमा पश्चिम नेपालकै सबैभन्दा ठुलो अत्याधुनिक वन्डरल्याण्ड वाटर एण्ड फन पार्कमा गर्मी सुरु भए लगत्तै पर्यटकहरुको भिड देखिन थालेको छ ।

वन्डरल्याण्ड वाटर एण्ड फन पार्क झण्डै ३० करोडको लागतमा निर्माण गरिएको छ भने वन्डरल्याण्ड वाटर पाकमा मल्टि स्लाईड टु लेन, वडी वेभ स्लाईड, हाई स्पिड बडी स्लाईड, ओपेन बडी टर्निङ्ग स्लाईड, ओपन फल्ट स्लाईड, वेभ पूल, रेन डान्स फाईभ प्लेटफर्म वाटर प्ले सिस्टमकोव्यवस्था रहेको म्यानेजर केशराज यादवले बताउनु भयो ।

एक सय कठ्ठमा फैलिएको वाटर फन पार्कमा टोतस् एक्टिभिटी, मसरुम, अम्रेला, टिल्टिङ्ग कोन, वाटर केज, रेन्बो, फन क्रिस्टल, फूड कोर्ट जस्ता सेवा सुविधाहरु प्रदान गर्दै आएको यादवले जानकारी दिनु भयो ।

दक्ष र अनुभवी प्राविधिकको निगरानीमा वाटर पार्क विहान साढे १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुदै आएको यादवले जानकारी दिनु भयो । पार्कमा प्रवेश गर्ने ३ फीट मूनीका बालबालिकालाई कुनै प्रवेश शुल्क नलाग्ने जनाएको छ भने अन्यको हकमा प्रति व्यक्ति रु. ६ सय रुपैया निर्धारण गरिएको छ । साथै पानीको स्वच्छता कायम गर्न पार्कमा हाल २० वटा वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरिएको छ ।

बालबालिकाका लागि ५० करोडको लागतमा छुट्टै पार्क निर्माण गर्ने तयारी गरिएको म्यानेजर यादवले जानकारी दिनु भयो ।

फन पार्कमा पौडी खेल्दै गरेका चपरगौडीर घर भएका बासुदेब मल्लले गर्मीको समयमा पौडी खेल्दा धेरै नै रमाइलो हुने बताउनु भयो । उहाँले, ‘गर्मीको समयमा पौडी खेल्दा धेरै रमाइलो हुन्छ, पानी चिसो हुन्छ । साथीहरुसँग मिलेर पौडी खेल्दा केही समयको लागि भए पनि गर्मीलाई भुल्न सकिन्छ ।’ उहाँले फन पार्कमा चार घण्टासम्म स्विमिङ गरेको बताउनु भयाृ । यस्तै सुमनथापा मगरले दिनँहु तापक्रम बढ्दै गएकाले पौडी खेल्दा केही समय भए पनि आनन्द महसुस हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘केही दिनयता घाम धेरै चर्को लागेको छ, गर्मी धेरै छ ।’

स्वीमिङ पुलमा बालबालिकादेखि वृद्धसम्म रमाइरहेका देखिन्छन् । स्विमिङ पुलमा हरेक उमेर समूहका लागि छुट्टाछुट्टै गहिराइ कायम गरिएको छ । पौडी खेल्न राम्रोसँग जान्ने व्यक्ति जति गहिराइमा पुगे पनि भयो, तर नजान्ने व्यक्ति आफू नडुब्ने गहिराइसम्म खेल्न सक्छन् । स्विमिङ नजान्नेले ट्युब लिएर पनि खेल्न सकिन्छ पौडीले मनोरञ्जन प्रदान गर्ने मात्र नभई शरीरलाई स्वस्थ राख्न पनि महत्वपूर्ण भूमिका खेल्छ । गर्मी बढेसँगै स्विमिङ पुलमा मानिसहरुको चाप बढेको फनपार्कका संचालक शिवन्सु यादवे बताउनु भयो । शनिबार सार्वजनिक बिदाको दिन र आईतबार भारतीय पर्यटकले गर्मीका कारण स्विमिङ पुलमा निकै भीडभाड हुने गरेको जिकिर गर्नु भयो । उहाँले भन्नुभयो‘सार्वजनिक बिदाको दिनमा फनपार्कमा स्विमिङ गर्न ५ सय देखि १ हजार सम्म मानिस आउने गर्छन् ।’सार्वजनिक बिदाको दिन बाहेक अरुदिनमा १०० देखि ४०० सम्म मानिस घुम्न र पौडी खेल्न आउने संचालक यादवले जानकारी दिनु भयो ।

पौडी खेल्दा शरीरको सम्पूर्ण भागको व्यायाम हुन्छ । पौडी खेल्दा शरीरका सबै अंग चलायमान हुने भएकाले शरीर स्वस्थ्य र फूर्तिलो राख्न मद्दत पुग्ने गर्छ । साथै पौडी खेल्दा मनोरञ्जन पनि प्राप्त हुन्छ । पौडीले शरीरको हड्डी मजबुत बनाउन, मांसपेशी कसिलो बनाउन, शरीर फिट राख्न सहयोग गर्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार