मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

बिद्युत प्राधिकरणको ३९ औं वार्षिकोत्सवमा १३२ जनाले गरे रक्तदान

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
बिद्युत प्राधिकरणको वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा २० जना महिलाहरूले स्वस्फूर्त रुपमा रगत दान गरेर भ्रमहरूलाई चिर्ने काम गरेको प्रादेशिक रक्तसंचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताउनु भयो ।
१ भाद्र २०८१, शनिबार

बाँके । बाँकेमा रक्तदान गरेर नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सव मनाइएको छ । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको आयोजनामा आज शनिबार नेपालगंजमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको हो ।

सो अवसरमा १३२ जनाले रक्तदान गरेको संघका लुम्बिनी प्रदेशका सचिव भाईराजा श्रीवास्तवले जानकारी दिनु भयो । बाँकेमा बढ्दो रगतको अभावलाई ध्याद दिँदै रक्तदानको आयोजना गरिएको श्रीवास्तवले बताउनुभयो । बाँकेमा रगतको अभाव भइरहन्छ । विशेष गरी साउन र भाद्र महिनामा जिल्लामा बढी मात्रामा रगतको अभाव हुने गरेको समाचार आए पछि संघ वार्षिकोत्सवको अवसरमा रक्तदान गरेको श्रीवस्तावको भनाई थियो । 

सुष्मा मेमोरियल क्याम्पसमा अध्ययरत १९ अनिता बुढाले जीवनमा पहिलो पटक शनिबार रक्तदान गर्नु भयो । पहिलो पटक रक्तदान गर्दा केही मनमा डर लागे पनि पछि उहाँको डर समाप्त भयो । हेल्थ अस्सिटेण्ट पढदै गरेकी बुढाले नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको थाहा पाए उनले मौका पाएर रगत दान गर्ने निधो गरिन् । हाम्रो शरीरमा समय अनुसार खेर नै जाने रगत दान गरेपछि अर्काको जीवन बचाउन सहयोग हुनसक्छ भनेर पनि थाहा थियो । तर, अहिले सम्म रगत दान गर्ने अवसर जुरेको थिएन,’ बुढाले रेडियो नेपालसँग रक्तदान पछिको खुशी साट्दै भन्नुभयो, ‘मेरो रगत अर्काको लागि जीवनदायी हुन सक्छ भन्ने कल्पना मात्रले निकै खुशी लागेको छ । उहाँले भन्नुभयो, रगत दिएर घुम्ती बसबाट बहिरा निस्किने बित्तिकै उल्टी भयो तर अहिले मा पूर्ण रुपमा ठिक छु । अब नियमित रक्तदान गर्ने छु ।

यसैगरी इन्जिनियरिङ पढदै गरेकी १९ वर्षिय सृजना भक्रीले पनि पहिलो पटक रक्तदान गर्नु भयो । उहाँले रक्तदान गरेपछि शरीर नै हलुको भएको र मन निकै उत्साहित भएको अनुभव सुनाउनु भयो । ‘मलाई त निकै खुशी लागेको छ । बढिजसो महिलाहरूलाई प्रसुतिकै बेला रगत बढी गएर ज्यानै गुमाउँछन् भन्ने कुराहरू सुनेको थिए यस्तोमा आफू महिला भएर आफ्नो रगतले कसैको जीवन बाँचोस् भन्ने सोचका साथ रक्तदान गरे,’ सृजनाले भन्नुभयो,‘म त फेरी पनि अवसर पाएभने रक्तदान गर्छु ।’

बिद्यार्थी,किशोरी र महिलाहरुलाई रक्तदान प्रतिको अवधारणा राम्रो छैन् । ‘रगत दान गरेपछि कमजोरी हुन्छ, यो निकै पीडादायी काम हो, किशोरीको शरीर कमजोर भएकोले रगत दान गर्नु हुँदै भन्ने जस्ता मनगढन्ते प्रचारप्रसारका कारण महिलाहरू रक्तदान गर्न खासै अगाडि सर्दैनन् । 

तर, बिद्युत प्राधिकरणको वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा २९ जना महिलाहरूले स्वस्फूर्त रुपमा रगत दान गरेर भ्रमहरूलाई चिर्ने काम गरेको प्रादेशिक रक्तसंचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताउनु भयो ।

‘अध्ययन गर्दै गरेका किशोरी र प्राधिकरणका महिला कर्मचारीहरु आफूखुशी रक्तदान गर्न आएको देखेर निकै राम्रो लाग्यो, यस्तो माहौल सबै तिर बन्न जरुरी छ,’ रेग्मीले भन्नुभयो, ‘यो एउटा ठूलो सन्देश हो समाजमा, महिलाहरूले अब आफ्नो रगतको महत्व बुझ्न थालेका छन् । सामाजिक क्षेत्रमा काम गर्न उत्प्रेरित भएका छन् यो परिवर्तित समाजको उदाहरण हो ।’

वार्षिकोत्सव कार्यक्रममा प्राधिकरण कर्मचारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गा प्रसाद जैसी, नेपाल विद्युत प्राधिकरण डिभिजन कार्यालयका प्रमुख राजिव कुमार सिंह लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार