मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

छैठौं राष्ट्रिय महिला अधिकार दिवस: विपन्न महिलालाई खाद्यान्न सहयोग

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१६ जेठ २०८१, बुधवार

बाँके । छैठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा बाँकेको राप्ती सोनारीमा २० जना महिलाहरुलाई खाद्यान्न उपलब्ध गराईएको छ । 

 ‘हाम्रो अभियान ‘ आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । गाउँपालिकाले ९ वटा वडाहरु मध्ये वडा न . ७ को २० जना विपन्न महिलाहरूलाई चामल दाल, नुन तेल र झुल वितरण गरिएको हो । 

राप्ती सोनारी गाउँ पालिका उपाध्यक्ष मनिषा सिंह थारुले नारामा मात्रै सिमित हुनुभन्दा केही भए पनि जीवन यापनमा सहज होस भनेर प्रती महिलालाई २ बोरा चामल, ५ किलो दाल, १ लिटर खाने तेल, १ किलो नुन र झुल वितरण गरिएको बताउनु भयो । 

उपाध्यक्ष थारुले १ लाख मुल्य बराबरको खाद्यान्न र झुल वितरण गरिएकोमा बिपन्न महिलाहरुलाई केही भए पनि राहत मिल्ने जिकिर गर्नु भयो । 

कार्यक्रममा वडा न . ७ का वडा अध्यक्ष रामलखन थारुले स्थानीय सरकारको उपस्थिति महसुस हुने कार्यक्रम अन्तर्गत उक्त खाद्यान्न वितरण गरिएको उल्लेख गर्नु भयो । साथै उक्त वडाको ७ जना आगलागी पीडितलाई समेत राहत वितरण गरिएको थियो ।

नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव हेमन्त चौधरीले विभिन्न नीतिगत र कार्यगत प्रयासहरू हुँदाहुँदै पनि महिलाहरू सामाजिक‚ सांस्कृतिक‚ शैक्षिक‚ राजनीतिक एवं आर्थिक रूपमा पछाडि परिरहेका बताउनु भयो । उहाँले ‘कार्यस्थल, शैक्षिक संस्थान, सार्वजनिक स्थान तथा घर समाजमा नै महिलाहरू पूर्ण रूपमा सुरक्षित नभई महिला तथा बालबालिकामाथि हुने हिंसाजन्य घटनाहरू हुनु आफैमा अत्यन्त दुखद् कुरा भएको उल्लेख गर्नु भयो । यस्ता क्रियाकलापहरूको निराकरणको निम्ति राज्यका सम्पूर्ण संयन्त्रहरूले यस विषयलाई मुख्य प्राथमिकताका साथ लिनु पर्ने धारणा राख्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार