मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

१२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै कोहलपुर

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
१९ वैशाख २०८२, शुक्रबार

कोहलपुर । कोहलपुर नगरपालिकाले आफ्नो १२ औं स्थापना दिवसलाई विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । नगरपालिकाले यही बैशाख २५ गते स्थापना दिवस मनाउँदैछ । नगरपालिकाले स्थानीय कला, सँस्कृतिको उत्थान, निजीक्षेत्रसँगको साझेदारी र क्रियाशिल ब्यक्तिहरुलाई सम्मान लगायतका कार्यक्रम गरेर उत्सवकै रुपमा मनाउन लागेको १२ औं स्थापना दिवस सचिवालय उपसमिति संयोजक वीरेन्द्रकुमार शाहले जानकारी दिए ।

दिवसलाई भव्य र सभ्य बनाउनका लागि नगर प्रमुख पूर्णप्रसाद आचार्यको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल समारोह समिति, वडा अध्यक्ष वीरेन्द्र कुमार शाहको संयोजकत्वमा सचिवालय उपसमिति, वडाअध्यक्ष लालबहादुर रानाको संयोजकत्वमा अतिथी सत्कार तथा मञ्च व्यवस्थापन उपसमिति, वडाअध्यक्ष हरि कठायतको संयोजकत्वमा खेलकुद उपसमिति र वडाअध्यक्ष मुबारक अलि गुजरको संयोजकत्वमा स्वास्थ्य तथा सरसफाई उपसमिति मार्फत तयारी तिब्र पारिएको छ । स्थापना दिवसलाई भव्यता दिन बैशाख २१ गतेदेखी २५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

पञ्चे बाजा, टप्पा, थारु, गन्धर्व, मयूर, खाँडो, र ख्याली सहितको स्थानीय मौलिक पहिचान झल्कने कला सँस्कृतिको प्रर्दशनी, सामुहिक नृत्य प्रतियोगिता, खुल्ला कविता प्रतियोगिता, विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, कर्मचारी, जनप्रतिनिधि, उद्योगी व्यवसायी र पत्रकार बीच भलिवल प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएका छन् । यसैगरी उत्कृष्ट करदाता सम्मान, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, बिद्यालय स्तरीय दौड, उत्कृष्ट खेलाडी सम्मान, विशेष योदान पुर्याउने व्यक्तिहरुलाई पनि सम्मान गरिने संयोजक शाहले जानकारी दिए । 

स्थापना दिवसको दिन कोहलपुर नगरपालिका वडा नम्बर ११ न्यूरोड स्थित खुला मैदानमा भव्य समारोहका बीच औपचारिक कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना प्रमुख अतिथीका रुपमा रहने नगरपालिकाले जनाएको छ । उक्त समारोहमा नगरपालिकाको समग्र विकासमा योगदान पुर्याउने व्यक्तिहरु तथा संस्थाहरुलाई सम्मान गरिने जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार