मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

नेपालगन्ज महोत्सवमा प्रिति आले, श्रीकृष्ण बम मल्ल र आरुसी मगरको बेजोड प्रस्तुति

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
८ माघ २०८२, बुधवार

नेपालगन्ज । आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव आज नेपालगन्जको प्रदर्शनी स्थलमा चर्चित गायिका प्रिति आलेको सांगीतिक प्रस्तुति दर्शकका लागि मुख्य आकर्षण बनेको छ । महोत्सवमा चर्चित गायिका आलेको रक्सी छैन जाडै खाउ है नभएनी मिठो बोलको चर्चित गीत प्रस्तुत गरेपछि नेपालगन्जका दर्शक जुर्मुराएका थिए । महोत्सवमा चर्चित गायिका आलेले गाउनुभएको ¥याप ब्याटल दोहोरी गीत ‘आयो तेरो मिस चुबलाग साला थिस’ बोलको चर्चित गीत गाउँदा दर्शकहरु रमाउदै झुमेका थिए । महोत्सवमा गायिका प्रितीले गाउनुभएको चर्चित चर्चित गीतहरु ‘सोल्टी राजाको कम्मरमा पानी सोल्टी राजाको टुम्लेटमा पानी, आफ्नै बाटो लागिहाल बरु बेर्थै पिंटाई भेट्लास है भाईहरु, डांडै माथी पिपल, सम्पत्ती न मेरो जींउडाल के को मायाजाल, त मेरो खुट्टाको जुत्ता’ लगायतका गीतहरु दर्शक माझ पस्कीनु भएको थियो । आलेका सबै गीतहरुमा दर्शकहरु चिच्याउदै हर्षाउल्लासका साथ रमाएका थिए । 

यस्तै चर्चित गायक श्रीकृष्ण बम मल्लले प्रस्तुत गरेको गीत “डाँडाघरे साइली” ले पनि कार्यक्रम स्थलमा दर्शक झुमी झुमी नाचेर साथ दिएका थिए । गायक मल्लले पारी परि हिडेका ढाका टोपी लाएका, म त तिम्रो भैसके सानी विद्यानास कसम खाएको छैन लगायतका ठुप्रै आफ्ना चर्चित चर्चित गित प्रस्तुत गर्नुभएको थियो । एकपछि एक चर्चित गीत प्रस्तुत गरेका गायक मल्लले आधा दर्जन बढि चर्चित चर्चित गीत प्रस्तुत गर्नु भएको थियो ।

यस्तै डान्सर तथा मोडल आरुसी अस्लामी मगरको नृत्य प्रस्तुति पनि दर्शकको रोजाइमा परेको थियो । उहाँको ऊर्जाशील नृत्य, आत्मविश्वासपूर्ण प्रस्तुति र लयबद्ध चालले कार्यक्रम स्थल झन् उत्साहपूर्ण बनेको थियो । आरुसीको नृत्य हेर्न दर्शकले लगातार ताली बजाएर साथ दिएका थिए भने उनको प्रस्तुतिले कार्यक्रमलाई अझै रमाइलो बनाएको थियो । महोत्सवमा डान्सर विन्दु विष्ट नृत्य प्रस्तुत गर्नु भएको थियो भने महोत्सवमा दैनिक लोकदोहरी, स्थानिय कलाकारहरुको प्रस्तुती रहने गरेको छ ।     

पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा सुरु भएको हो । 

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिनुभयो । महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने संयोजक खत्रीले जानकारी गराउनुभयो । महोत्सवमा लण्डन बृज, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले जानकारी गराउनुभयो । महोत्सवमा विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता संचालन भैरहेको छ जसमा १० जनाको प्रतिस्प्रर्धा भैरहेको छ । 

यस्तै भोली ८ गते बिहीवार नेपालगन्ज महोत्सवमा चर्चित गायक विशाल सोनी, गायिका सम्झना रनपाल, डान्सर विन्दु विष्टको बेजोड प्रस्तुती रहने छ भने माघ १० गते लोकप्रिय तथा चर्चित नायक पल शाहको बेजोड प्रस्तुति रहने महोत्सवका साँस्कृतिक संयोजक मिना डाँगीले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार