बाँके । बाँके प्रहरीले नेपालगन्जबाट ४ किलो ९२७ ग्राम अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा नेपालगन्ज न्युरोडस्थित न्यू इन्द्रेणी होटलबाट गएराति ४ किलो ९२७ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको बाँके प्रहरीले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएलो हो ।
सुनसहित पक्राउ पर्नेमा विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर रहेका छन् । पक्राउ परेका उनीहरुबाट प्रहरीले सुनका चुरा, ब्रास्लेट, मंगलसूत्र, बाला, ढुङ्ग्री, औँठी लगायत बरामद गरेको बताइएको छ ।
बाँके प्रहरीले सुनसहित पक्राउ परेका दुई जनासँग यसबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।