मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

निरन्तरको वर्षाले नरैनापुरमा २०० घर पूर्ण क्षति, ६ हजारौँ स्थानीय प्रभावित

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
बाढी र डुबान पीडितका लागि तत्काल खाद्य बस्तुको आवश्यकता परेकाले आवश्यक खाने सामग्री उपलब्ध गराउन जिल्ला विपद व्यवस्थापन समितिलाई आग्रह गरिएको अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो
२१ अशोज २०७९, शुक्रबार

बाँके । मंगलबार देखि लगातार भैरहेको वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाको ६ वटै वडा जलमग्न भएको छ । नरैनापुर गाँउपालिकामा दुई सय घर पूर्ण रुपमा क्षति भएको छ भने छ हजार स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित भएको गाउँपालिकाको विपत शाखाले जनाएको छ । 

लगातारको वर्षाले गर्दा नरैनापुरको वडा १, २, ३, ४, ५ र ६ का अधिकांश गाउँमा पहाडको पानी पस्दा भएको डुबानले करिब छ हजार स्थानीय प्रभावित भएको पालिकाका सूचना अधिकारी एंव विपत शाखाको प्रमुख समेत रहनु भएका लक्ष्मीकान्त मिश्राले बताउनु भयो । 

पालिकाका ६ वटै वडाका अधिकांश गाउँ जलमग्न भई धेरैको घरमा बुधबारदेखि नै खाना पाक्न नसकेको सूचना अधिकारी मिश्राले जानकारी दिनु भयो । 

बाढी र डुबान पीडितका लागि तत्काल खाद्य बस्तुको आवश्यकता परेकाले आवश्यक खाने सामग्री उपलब्ध गराउन जिल्ला विपद व्यवस्थापन समितिलाई आग्रह गरिएको अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो । अध्यक्षले भन्नुभयो, “राप्ती नदीको पानीले भन्दा नरैनापुरको नजिकै रहेको पहाडको पानीले नरैनापुरवासीलाई प्रभावित गरेको छ ।” शुक्रबार बाढी पिडितहरु संग भेटगरी पालिकाका तर्फबाट आवश्यक राहात उपलब्ध गराउने बताउदै सबैलाई सचेत भएर बस्न अध्यक्ष शाहले आग्रह गर्नु भएको थियो । 

समयमा वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गर्नुपरेको बताउदै अध्यक्ष शाहले नरैनापुरमा अहिलेको बाढी, डुबान र कटानले धान बाहेकका अलि बाँकी रहेको खेतीपाती पनि सखाप पारेको जिकिर गर्नु भयो । उहाँले सुख्खा ग्रस्त क्षेत्र घोषण हुदाँ समेत संघीय र प्रदेश सरकारले जनतालाई राहात दिन नसकेको प्रति आक्रोश व्यक्त गर्दै बाढी पिडितहरुलाई भोकमरी हुनबाट बचाउन तर्फ पहल गर्न सम्बन्धी पक्षहरु संग अपिल गर्नु भयो । 

गाउँपालिकाको वडा १ बनिया गाउँ, २ को रोशनपुरवा, महतिनिया, ३ को बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, वडा ४ को नरैनापुर, घोडदौरिया, पंडितपुरवा वडा ५ को जमुनहा, ६ को दोँदरा, २४ विगहा लगायतका गाउँका अधिकांश घरमा पानी पसे पछि जनजीवन अस्तव्यस्त बनेको गाउँपालिकाले जनाएको छ । 

वडा नं. ३ का अध्यक्ष अजय मिश्राले घरमा रहेका सबै सामान भिजेर बेहाल भएको बताउदै पानी नरोकिए प्रभावितको संख्यामा बृद्धि हुने बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार