मुख्य समाचार
बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा |

गुलरियामा विज्ञान, प्रविधि, कला र गणितसँग सम्बन्धित सिर्जनात्मक सामग्री प्रदर्शनी

यूथ टुडे समाचारदाता 3411+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

नेपालगन्ज । बर्दियाको गुलरिया नगरपालिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसंग सम्बन्धि सृजनात्मक सामाग्री प्रर्दशनी सम्पन्न भएको छ ।

गुलरिया नगरपालिका वडा नम्बर ६ को आयोजनामा शिक्षा, युवा तथा खेलकुद शाखा, गुलरियाको समन्वय तथा बाँके युनेस्को क्लब र प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा सो प्रर्दशनी सम्पन्न भएको हो । 

प्रर्दशनीमा गुलरिया नगरपालिकाका १० वटा विद्यालयहरुको सहभागिता रहेको थियो । सहभागि विद्यालयहरुका विद्यार्थीहरुले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसँग सम्बन्धित आफ्ना सिर्जनात्मक सामग्रीहरूको प्रदर्शन गरेको थिए ।

प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले यो प्रर्दशनी हेर्दा बिद्यार्थिहरुको क्षमता उजागर भएको र उनिहरुले भविष्यमा अतिनै राम्रा कामहर गर्न सक्ने देखिएको बताउनुभयो । 

‘भारतमा एपिजे एब्दुल कलामले मिसाईल बनाएको ईतिहास छ, त्यस्तै प्रकारले विद्यार्थी भाईबहिनीहरुले सिर्जना गर्नुहोस् त्यसमा हाम्रो पूर्ण साथ र सहयोग रहने छ ।’– नगरप्रमुख यादवले भन्नुभयो ।  

उहाँले आगामी वर्षमा यस्ता सृजनात्मक कामका लागि पनि बजेट छुट्टाउने प्रतिवद्धता गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । 

त्यस्तै गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुधान्सुप्रकाश शर्माले प्रदर्शनीमार्फत विद्यार्थीहरूको सिर्जनशीलता, आविष्कारशीलता र प्रविधिमैत्री सोचलाई प्रवद्र्धन गर्न सकिने भएकोले विद्यार्थीहरुलाई स्ट्रीम गर्न उचित वातावरण विद्यालयले बनाईदिनुपर्नेमा जोड दिनुभयो । 

बाँके युनेस्को क्लबका उप–निर्देशक गोविन्द प्रसाद लामिछानेले बर्दिया जिल्लामा स्ट्रीमलाई आत्मसाथ गरेर बालबालिकाको सिकाइलाई बढावा दिन विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई जोड्ेर आजको नँया युगसँग प्रतिसप्रद्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्नको लागी यो प्रर्दशनी आयोजना गरिएको बताउनुभयो । 

सो सृजनात्मक पर्दशनीमा श्री नेपाल राष्ट्रिय शम्भुशरण मावि खैरापुर प्रथम भयो भने बगलामुखी राधाकृष्ण मावि द्धितिय र धुव्र मावि तुल्सिपुर तृतिय भएको छ । प्रदर्शनीमा सहभागी सबै विद्यालयहरुलाई प्रमाण पत्र र सम्मान दिईएको गुलरिया नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयले जनाएको छ ।

विभिन्न बिद्यालयका बालबालिकाहरुलाई अन्य बालबालिकाहरुले निर्माण गरेको समाग्री हेर्न र बुझनका लागि प्रर्दशनीले सहयोग गरेको पनि सो कार्यालयले जनाएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार