मुख्य समाचार
हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण |

प्लान नेपालद्धारा बर्दियाका १२५ बाढीपिडित परिवारलाई ६ लाख बढीको गैर खाद्य राहात वितरण

यूथ टुडे समाचारदाता 3412+ समाचार ( )
प्लान इन्टरनेशनल नेपालले बर्दिया जिल्लाका १२५ बाढी पिडित परिवारलाई गैर खाद्य सामाग्री वितरण गरेको छ ।
५ कार्तिक २०७९, शनिबार

कात्तिक ५ । प्लान इन्टरनेशनल नेपालले बर्दिया जिल्लाका १२५ बाढी पिडित परिवारलाई गैर खाद्य सामाग्री वितरण गरेको छ ।

प्लानका साझेदार संस्थाहरु बाँके युनेस्को क्लब, बि ग्रुप थारु महिला उत्थान केन्द्र, स्याक नेपाल र गेरुवा ग्रामिण जागरण संघको सहकार्य र विपद व्यवस्थापन समिति तथा स्थानीय सरकारको समन्वयमा तिहारको मुखमा आएर सो राहात सामाग्री वितरण गरिएको हो ।

बाढीबाट पिडित भै घरबारबिहीन भएका र समस्यामा परेका बर्दियाको बारबर्दिया नगरपालिकाका ४९ र गुलरिया नगरपालिकाका ७६ परिवार गरेर १२५ परिवारलाई राहात वितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँले राहात पाएर अधिकांश बाढीपिडितहरु निकै खुशी भएको जनाउँदै राहातका लागि उनिहरुले सम्बन्धित सबै संघसंस्थाप्रति आभार प्रकट गरेको पनि बताउनुभयो ।

तिहार जस्तो महान चाडपर्वको समयमा बाढीपिडितलाई केही राहात होस र उनिहरुको पनि अनुहारमा खुशी देख्न सकियोस भन्ने उदेश्यका साथ सो राहात उपलब्ध गराईएको प्लान नेपालका क्षेत्रीय निर्देशक मिना पराजुलीले बताउनुभयो ।

बारबर्दियाका वडा नम्बर ६ र ११ का ४९ परिवार तथा गुलरिया ५ का ७६ परिवारका बालबालिका, महिला र जेष्ठ नागरिकलाई चिसोबाट जोगाउन तथा लामखुट्टेबाट समेत जोगाउन ६ लाख २७ हजार बराबरको त्रिपाल, झुल, पि फोम र कम्बल उपलब्ध गराईएको प्लान नेपालले जनाएको छ ।

राहात वितरण कार्यक्रममा बारबर्दिया नगरपालिकाका मेयर छविलाल थारु, उपमेयर रत्ना कुमारी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला, विपद फोकल पर्सन कृष्ण गौतम र गुलरिया नगरपालिका ५ का वडा अध्यक्ष मुम बहादुर मल्ल, आइटी अफिसर अजयसिंह ठकुरी, वडा सदस्यहरु शोभेन्द्र चौधरी र रतन ठकुराठी, प्लान नेपालका क्षेत्रीय निर्देशक मिना पराजुली, कार्यक्रम प्रबन्धक अम्बिका तिमिल्सिना, कार्यक्रम विशेषज्ञ विनय ज्ञवाली, परियोजना अधिकृत सन्तोष पुलामी लगायत विभिन्न साझेदार संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार