मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

एपिएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१२ वैशाख २०८२, शुक्रबार

नेपालगन्ज : नेपाल पुलिस क्लवलाई १-० गोलले पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लवले ‘लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । नेपालगन्ज रंगशालामा शुक्रबार भएको दुई विभागिय टिम बीच भएको फाइनलमा एपिएफकी गिता रानाले गोल गरेकी हुन् ।

निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि ९ मिनेट इन्जुरी समय थपिएको थियो । इन्जुरी समयको ९ औं मिनेटमा एपिएफले लगातार तीन पटक कर्नर पायो । तेस्रो पटकको कर्नरमा एपिएफकी गिताले गोल गरिन् । उपाधि जितेसँगै एपिएफले नगद ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणत्र प्राप्त हात पारेको छ । 

प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले विजेता टिमलाई पुरस्कृत गरे । यस्तै उपविजेतामा चित्त बुझाएको पुलिस क्लवले नगद २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उक्त प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित एपिएफका अनिता बस्नेतले नगद २५ हजार सहित ट्रफी हात पारिन् ।

प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक एफिएफकी भगवती थापा, उत्कृष्ट स्टाइकर एपिएफका अनिता केसी, उत्कृष्ट मिडफिल्डर एपिएफका सरु लिम्बु, उत्कृष्ट डिफेन्डर एपिएफका गिता राना र उत्कृष्ट गोल किपर घोषित पुलिस क्लवका उषा नाथले नगद १० हजारसहित ट्रफी प्राप्त गरे । 

फाइनल खेलमा ‘प्लेयर अफ द म्याच’ गिता रानाले नगद ५ हजारसहित ट्रफी पाइन् । अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा यही बैशाख ५ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा ८ वटा टिम सहभागी भएका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार