मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपाली कांग्रेस चार करोड ३५ लाख १८ हजार घाटामा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१९ माघ २०८०, शुक्रबार

काठमाडौं । सत्तारुढ मुख्य दल नेपाली कांग्रेस चार करोड ३५ लाख १८ हजार घाटामा रहेको छ । शुक्रबार आर्थिक वर्ष २०७९÷८० को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक सार्वजनिक गरेको हो ।

असार मसान्तसम्म कांग्रेसको खुद बाँकी बचत(घाटा) साधारण कोषमा सारेको कुल रकम चार करोड ३५ लाख १८ हजार ८२३ रुपैयाँ ८४ पैसा रहेको देखाएको छ । गतवर्ष तीन करोड ८४ हजार १३५ रुपैयाँ ८८ पैसा घाटामा रहेको थियो ।

असार मसान्तसम्म कांग्रेसको आम्दानी कुल तीन करोड ६४ लाख ७६ हजार २९७ रुपैयाँ २९ पैसा रहेको छ । कुल आम्दानीमध्ये ५७ लाख ६० हजार ८०० लेभी, सदस्यता र नवीकरण शुल्क बापत उठेको जनाएको छ । चन्दा र सहयोग २ करोड ६५ लाख ६४ हजार ५७ रुपैयाँ रहेको छ । प्रकाशन बिक्री ९४ हजार ६५० रहेको छ । सम्पत्ति बिक्री÷लिलाम २ लाख २५ हजार छ । लगानीको आय ३८ लाख ३१ हजार २७० रुपैयाँ २९ पैसा रहेको छ ।

गतवर्ष असार मसान्तसम्म कुल आम्दानी १४ करोड ८९ लाख ९४ हजार ८७ रुयैयाँ एक पैसा रहेको लेखा परीक्षणमा उल्लेख छ । कुल आम्दानीमध्ये सदस्यता, लेबी र नवीकरण शुल्क ७ करोड ४३ लाख तीन हजार ५०१ रुपैयाँ ४२ पैसा रहेको छ । चन्दा सहयोग ६ करोड ६८ लाख २४ हजार रहेको छ । प्रकाशन बिक्री ११ लाख ४९ हजार ४०० रहेको छ । लगानी आय ६७ लाख १७ हजार १८५ रुपैयाँ ५९ पैसा रहेको छ ।

खर्चतर्फ कुल ७ करोड ९९ लाख ९५ हजार १२१ रुपैयाँ १३ पैसा रहेको जनाएको छ । निर्वाचन तीन करोड ८८ लाख ५७ हजार ९९३ रहेको जनाएको छ । यस्तै कार्यालय सञ्चालन खर्च तीन करोड २२ लाख ५० हजार ४३२ रुपैयाँ ८ पैसा रहेको छ । भातृ सुगठनसम्बन्धी खर्च ४९ लाख ६० हजार रहेको छ । ह्रास तथा अपलेखन ३९ लाख २६ हजार ६९६ रुपैयाँ पाँच पैसा रहेको छ ।

गतवर्ष कुल खर्च १७ करोड ९० लाख ७८ हजार २२२ रुपैयाँ ८९ पैसा रहेको लेखा परीक्षणले देखाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार