मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

बाँकेको ६ वटै प्रदेशसभामा निर्वाचन भोलि हुने

महमूद आलम खान 1132+ समाचार ( )
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् बाँकेको ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा भोली निर्वाचन कार्यक्रम सुरु गरिने भएको छ
३ मंगशिर २०७८, शुक्रबार

बाँके । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् बाँकेको ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा भोली निर्वाचन कार्यक्रम सुरु गरिने भएको छ । जिल्ला निर्वाचन परिचालन समिति बाँकेको बैठकले प्रदेशसभा निर्वाचनका लागि भोली नै निर्वाचन कार्यक्रम अगाडि बढाउने निर्णय गेको हो ।

जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि भोली बिहान १० बजेदेखि निर्वाचन कार्यक्रम सुरु गर्ने तालिका बनेपनि कोहलपुर र राप्तीसोनारीको मत गणना समयमा नसकिएको र परिणाम आउन ढिला भएकाले यस कार्यक्रमलाई केही असर पर्ने बताए । तर, निर्वाचन कार्यक्रम अन्तर्गत् भोली नै उम्मेदवारी मनोनयन लगायतका काम हुने उनले जानकारी दिए । 

प्रदेशसभा निर्वाचन क्षेत्रमा मतदान कार्यमा खटिने मतदान अधिकृतलाई आज नै अभिमुखीकरण गरिएको छ । जिल्ला सहायक निर्वाचन अधिकृत एवम् अधिवक्ता चित्रबहादुर शाहीका अनुसार बाँके क्षेत्र नम्बर १ प्रदेश सभा (क) को फत्तेपुर, (ख) को कोहलपुर, क्षेत्र नम्बर २ (क) को जिल्ला समन्वय समिति नेपालगन्ज, (ख) को नेपाली कांग्रेस बाँकेको कार्यालय र क्षेत्र नम्बर ३ (क) को सम्झना चोक र (ख) को खजुरास्थित कपास विकास समितिमा निर्वाचन कार्यक्रम गरिनेछ । 

बाँके निर्वाचन क्षेत्र नम्बर १ (क) मा अधिवक्ता गोपाल गिरी, (ख) मा अधिवक्ता रुपनारायण बिसी, क्षेत्र नम्बर २ (क) मा सुरेश पर्सेला, (ख) मा ऋषिराज शर्मा, क्षेत्र नम्बर ३ को (क) मा अधिवक्ता विश्वजित तिवारी र (ख) मा विक्रम भण्डारीलाई मतदान अधिकृत तोकिएको सहायक निर्वाचन अधिकृत शाहीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार