बाँके । बाँके जिल्लाका विभिन्न स्थानहरुमा १९ औं राष्ट्रिय धान दिवस बैजनाथ गाउँपालिका ३ मा गाउँपालिका आर्थिक बिकाश शाखा प्रमुख एवं बैजनाथ ४ का वडा अध्यक्ष प्रेम बहादुर शाहीको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आतिथ्यमा १९ औं राष्ट्रिय धान दिवस बैजनाथमा पनि भब्य कार्यक्रमको आयोजना गरि मनाईयो ।
उक्त धान दिवस कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय,बैजनाथ ३ का वडा अध्यक्ष निखिल बैगार बैजनाथ ६ का वडा अध्यक्ष भुपाल पुन मगर जिल्ला साना किसान कृषि सहकारी संघ लि अध्यक्ष एकता शाह एभरेष्ट कृषि सहकारी संघ लि अध्यक्ष टिकाराम रिजाल लगाएत स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाही लगायत कर्मचारी र स्थानीय कृषकहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो।
कार्यक्रम लाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शाहिले बैजनाथको स्थानीय सरकारले किसान संग पालिका प्रमुख कार्यक्रम मार्फत किसानहरुका गुणासोहरु सम्बोधन गर्ने र आगामी ५ बर्षमा बैजनाथलाई कृषि निर्यातको रूपमा स्थापना गर्न स्थानीय सरकार हर पल हर बखत किसानको साथमा भएको बताउनुभयो।
जिल्ला साना किसान कृषि सहकारीका अध्यक्ष शाहले इजरायलको साना किसान मार्फत युवा युवतिहरु लाइ पठाएर ब्यवसायिक कृषि प्रणालीलाई अपनाउन प्रयोग गरिने प्रबिधीलाई नेपालमा लागू गरे देशमा कृषि क्रान्ती हुने बताउनुभयो ।
उपाध्यक्ष रोकायले इजरायलले आफ्नो कुल ३%प्रतिशत जनताले कृषि गरेर बिश्वलाई खाद्यान्न तरकारी निर्यात गर्न सफल भएको छ भने हाम्रो देशमा कुल ७०% जनता कृषिमा निर्भर छन् तर बर्षभरी खान नपुग्ने अवस्था छ त्यसैले अब कुनैपनी जग्गा बाँजो नराखीकन कृषि योग्य जग्गा पलटिङ्ग रोक्का गरेर नयाँ नयाँ कृषि प्रबिधिलाई अङ्गाल्न सके कृषिमा क्रान्ति ल्याउन सहिने बताउनुभयो ।
अन्तमा सबैलाई धन्यवाद ब्यक्त गर्दै अर्को बर्ष धान रोपाई गर्दा मल पानी बिउको कमि महसुस गर्न नदिन किसानहरुलाई वादा गर्नुका साथै सबैलाई धन्यवाद दिएर कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रमको संन्चालन कृषि शाखा प्रमुख प्रमोद कुमार बिश्वकर्माले कार्यक्रम सन्चालन गर्नुभएको स्थानीय युवा सचिन मेघनाथले जानकारी दिनुभयो