बाँक । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले इदउल अज्हा (बकर इद)को अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ ।
उहाँले यो पर्वले सेवाभावका कार्यहरू आत्मसात् गर्दै सहिष्णुता, आपसी सद्भाव, भावनात्मक एकता र भाइचारा सम्बन्ध विकास गर्न सहयोग पुग्ने विश्वास लिनु भएको छ । यस पर्वका अवसरमा असहाय, गरिब र विपन्न परिवारलाई अनिवार्य रूपमा सहयोग गर्नुपर्ने मान्यता इस्दलाम दर्शनमा छ, यसलाई उदाहरणीय रूपमा लिइन्छ । बकरा इद त्याग, समर्पण र बलिदानको पर्यायका रूपमा मनाइने पर्व हो ।
'नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो, बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेको अध्यक्ष शाहले बताउनुभयो
मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र संवर्द्धन तथा सशक्तीकरणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुने विश्वास छ । बकरा इदको अवसरमा इस्लाम धर्मावलम्बीलाई सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं प्रगतिको शुभकामनासमेत अध्यक्ष शाहले व्यक्त गर्नु भयो ।