मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |
मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |


महासंघ एभरेस्ट चेम्बर अफ कमर्सलाई नेपालमा स्वागत गर्न आतुर छ-अध्यक्ष खिमलाल भन्डारी

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
सदैब हामिबिच को सहकार्य ले दुई देस बिचको सम्बन्ध बलियो बनाउन , नेपाल मा लगानी को बाताबरण तयार गर्न , आफ्नो मातृभुमी प्रतिको माया एबम कर्तव्य निर्बाह गर्न भुमिका खेल्नेछ , नेपाल मा लगानी गर्न इच्छुक सम्पुर्ण उद्योगि ब्याबसायीलाई लगानी को बाताबरण तयार गर्न महासंघ प्रतिबद्ध छ "।
२० जेठ २०८०, शनिबार

कोपिल पौडेल 

नया दिल्ली  । प्रधानमन्त्री पुस्पकमल दाहाल "प्रचण्ड " को भारत भ्रमण मा उच्चस्तरीय प्रतिनिधिमन्डल को रुपमा सहभागी रहेको नेपाल उद्योग ब्यापार महासंघ को प्रतिनिधिमन्डललाई भारतको १४ राज्यमा आफ्नो कार्यक्षेत्र बनायको , विभिन्न १५ बस्तुगत संघहरुको साझा सस्था एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रीजले भब्य स्वागत , संमान एबम अन्तरक्रिया सम्पन्न गरेको छ ।

दुई सस्था को आपसी सम्बन्ध तथा नेपाल मा लगानी भित्राउने उदेश्यका साथ गरिएको अन्तरक्रिया कार्यक्रममा एभरेस्ट चेम्बर अफ कमर्स का पदाधिकारी एबम सदस्यहरुले नेपाल को लगानी को सुरक्षा , क्षेत्र तथा बजार को अबस्था का साथै नेपाली उत्पादन लाई भारत मा बजारिकरण का संभावना हरुका बिसयमा जिज्ञासा् राखेका थिय ।

नेपाल उद्योग ब्यापार महासंघ का महासचिव खेमनारायण पराजुली ले समस्त जिज्ञासा को उत्तर दिदै भन्नू भयो " हाल नेपाल मा प्रसस्त सम्भावनाहरु छन , लगानीको स्रोत ब्याबस्थापन गरेर नेपाल मा लगानी गर्न इच्छुक भय लगानिको सुरक्षा , प्रतिफल एबम सम्पुर्ण कानुनी तथा प्राबिधिक सहयोग को साथै संयुक्त लगानी को लागि नेपाल उद्योग ब्यापार महासङ्ग प्रतिबद्ध छ र ग्यारेन्टी गर्दछ" , ।

हामिलाइ विशेष महत्व दिएर यो मीठो आतिथ्यता , स्वागत एबम संमानको लागि हृदय देखिनै हार्दिक आभार एबम धन्यबाद दिदै महासंघ का अध्यक्ष खिमलाल भन्डारी ले भन्नुभयो , " नेपाल उद्योग ब्यापार महासंघ एभरेस्ट चेम्बर अफ कमर्स लाई नेपाल मा स्वागत गर्न आतुर छौ , सदैब हामिबिच को सहकार्य ले दुई देस बिचको सम्बन्ध बलियो बनाउन , नेपाल मा लगानी को बाताबरण तयार गर्न , आफ्नो मातृभुमी प्रतिको माया एबम कर्तव्य निर्बाह गर्न भुमिका खेल्नेछ , नेपाल मा लगानी गर्न इच्छुक सम्पुर्ण उद्योगि ब्याबसायीलाई लगानी को बाताबरण तयार गर्न महासंघ प्रतिबद्ध छ "।

कार्यक्रम मा सहभागी महासंघ का सदस्यहरुले विभिन्न क्षेत्रहरूमा नेपाल मा लगानिको लागि उपयुक्त बाताबरण रहेको तर्फ एभरेस्ट चेम्बर अफ कमर्स को ध्यानाकर्षण गराउनु भयको थियो ।

एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रीज का अध्यक्ष युबराज बराल ले यो उच्चस्तरीय प्रतिनिधिमन्डल लाई स्वागत गर्न पाउँदा आफू निकै हर्सित र उत्साहित भयेको बताउदै भन्नुभयो " नेपाल मा लगानिको बाताबरण तयार भय हामी लगानी गर्न तयार छौ , कानुनी अड्चन तथा प्रशासनिक झन्झट ले हामिलाइ निरुत्साहित बनाउने गर्छ , महासंघ ले त्यो बिसयमा पहलकदमी लिइ सहयोग गरोस , एकल तथा संयुक्त लगानिका क्षेत्रहरू पहिचान गरि नेपाल मा हामी लगानी गर्न चाहन्छौ ।"

सोही कार्यक्रम मा नेपाल मा लगानी का क्षेत्र , सम्भाब्यता लगायत का सम्पुर्ण बिसयमा प्रस्ताव तयार गर्न नेपाल उद्योग ब्यापार महासंघ का अध्यक्ष खिमलाल भन्डारी , महासचिव खेमनारायण पराजुली तथा एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रीज का अध्यक्ष युबराज बराल को नेतृत्व मा कार्यदल गठन गरियको छ , जस्ले आषाढ मसान्तसम्म आफ्नो प्रस्ताव तयार गरि दुबै सस्थाको संयुक्त बैठक मा प्रस्तुत गरि पारित गरेपश्चात् कार्यान्वयन गरिने समझदारी भयको छ , त्यसैगरी दुबै सस्थाको संयुक्त बैठक नेपाल मा बस्ने निर्णय समेत गरियको छ ।

त्यसैगरी भ्रमणदल मा सहभागी उद्योग ब्याबसायि संघ बाके का अध्यक्ष समेत रहनुभयका तेज प्रसाद रेग्मि " ले बाके मा कृषिजन्य उद्योग , जडिबुटी तथा प्रयटन को प्रचुर सम्भावना रहेकोले बाके मा लगानी गर्न एभरेस्ट चेम्बर अफ कमर्स का अध्यक्ष लाई प्रस्ताव गर्नुभयेको थियो

उक्त स्वागत तथा संमान कार्यक्रम एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रीज का महासचिव डा. मोहन कार्किको संचालन तथा अध्यक्ष युबराज बराल को अध्यक्ष ता मा सम्पन्न भयेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार