मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

मेरो जित अग्रगामी जनताको जित हो : अर्थमन्त्री शर्मा

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
निर्वाचित भएपछि मतदाता र सम्पूर्णमा धन्यवाद दिँदै उनले निर्वाचनमा आफुले गरेका प्रतिबद्धतालाई आम जनसमुदाय र पार्टीसमेतको सहकार्यमा कार्यान्वयन गर्ने जनाएका छन् ।
९ मंगशिर २०७९, शुक्रबार

रुकुम(पश्चिम) । रुकुमपश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अर्थमन्त्री जनार्दन शर्माले आफ्नो जितलाई अग्रगामी जनताको जितका रूपमा र्लिका छन् ।

निर्वाचित भएपछि मतदाता र सम्पूर्णमा धन्यवाद दिँदै उनले निर्वाचनमा आफुले गरेका प्रतिबद्धतालाई आम जनसमुदाय र पार्टीसमेतको सहकार्यमा कार्यान्वयन गर्ने जनाएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता अर्थमन्त्री शर्माले उत्पादन, रोजगार, समृद्धि, सामाजिक, सांस्कृतिक रुपान्तरण अभियानमार्फत रुकुम जिल्लालाई समृद्ध र समुन्नत बनाउन साझा प्रयास हुने बताएका छन् । यसका साथै रुकुमेली जनताको अपेक्षाका साथै राष्ट्रिय आवश्यकता र कार्यभार पूरा गर्न इमानदारीपूर्वक प्रयास गर्ने उनले उल्लेख गरेका छन् ।

निर्वाचनमा अमूल्य दिने मतदाता, पार्टी, निर्वाचन सम्पन्न गर्न नेतृत्वदायी भूमिका खेल्ने प्रमुख निर्वाचन अधिकृत, प्रशासन, सुरक्षा प्रमुखसहित समस्त राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी, देश–विदेशमा रहने शुभचिन्तकलाई उनले धन्यवाद तथा आभार प्रकट गरेका छन् । यसका साथै प्रतिस्पर्धामा सहभागी विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारका साथै गठबन्धन नेता–कार्यकर्ता सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार