मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित नेपालगन्जमा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१९ मंगशिर २०८१, बुधवार

बाँके । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित केही दिनदेखि नेपालगन्जमा रहनुभएको छ । सोमबार राति नेपालगन्ज पुग्नुभएका पूर्व राजा ज्ञानेन्द्रसहित पूर्व राजपरिवारका सदस्यहरू करिब एक महिनासम्म यहाँ बस्नुहुने राप्रपा नेपालका सह–महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभयो ।

पूर्वराजा ज्ञानेन्द्र शाह, पत्नी कोमल शाह, छोरी प्रेरणा शाह र भतिजी सिताष्मा शाह, भाइ स्व. धीरेन्द्र शाहकी छोरीसहित पश्चिम नेपालको भ्रमणका लागि नेपालगन्ज आउनुभएको हो । 

नेपालगन्जमा मुकाम बनाएर करिब एक महिना पूर्वराजा शाहले धार्मिक भ्रमण गर्नुहुने भएको छ । मङ्सिर २५ गते बर्दिया जाने कार्यक्रम रहेको छ । यसै गरी नेपालगन्जमा पनि बागेश्वरी मन्दिरको दर्शन तथा अन्य धार्मिकस्थल जाने कार्यक्रम रहेको  राप्रपा नेपालका सह–महामन्त्री देवकोटाले जानकारी दिनुभयो ।

देवकोटाले भन्नुभयो, ‘यो भ्रमण राजपरिवारको नितान्त धार्मिक, पारिवारिक र व्यक्तिगत हो, यसबिचमा केही धार्मिक यात्रा र सामान्य भेटघाटका कार्यक्रम मात्र हुनेछन् । होटल सोल्टीमा पूर्वराजाले समर्थकहरूसँग भेटघाट गरिरहनुभएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार