मुख्य समाचार
बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा |

मन्त्री अथकद्धारा एकैदिन ३ वटा विद्यालय भवनको उद्घाटन

यूथ टुडे समाचारदाता 3411+ समाचार ( )
निर्वाचन क्षेत्रलाई शैक्षिक हबका रुपमा बिकास गर्ने उद्घोष
१६ भाद्र २०७९, बिहीबार

बाँके । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रलाई शैशिक हबका रुपमा बिकास गर्ने उद्घोष गर्नुभएको छ । बिहिबार स्थानीय पुर्वाधार साझेदारी सांसद बिकास कोष अन्तर्गत निर्माण भएका विद्यालय भवनहरुको उद्घाटन गर्दै मन्त्री अथकले निर्वाचन क्षेत्रका विद्यालयहरुमा प्राविधिकधारका विषयहरु विस्तार गरी शैक्षिक हबका रुपमा बिकास गर्ने उद्धेश्य लिएको बताउनुभएको हो । 

मन्त्री अथकले बिहिबार एकैदिन ३ वटा विद्यालयमा निर्मित भवनको उद्घाटन गर्नुभएको छ । टिनका छाना बिस्तापित गर्ने र पक्की भवन स्थापित गर्ने अभियान अन्तरर्गत राप्ती सोनारी गाँउपालिकाका बिभिन्न वडाका ३ वटा बिद्यालय भवन उद्घाटन गरिएको हो । 

जस अन्र्तगत मन्त्री अथकले राप्तीसोनारी ६ को  जनसिद्धेश्वर बहुमुखी क्याम्पसको १५ कोठे भवन उद्घाटन गर्नुभएको हो । त्यसैगरी राप्तीसोनारी ६ कमैया डाँडामा रहेको सु–कमैया आधारभुत बिद्यालयको २ कोठे भवन तथा राप्ती सोनारी ३ भवानियापुरमा रहेको सरस्वती माबिको ८ कोठे पक्की भवनको समेत उद्घाटन गरीएको छ ।

नवनिर्मित भवनहरुको उद्घाटन गर्दै मन्त्री अथकले आफ्नो निर्वाचन क्षेत्रका विद्यालयहरुमा टिनको छाना हटाई १०० वटा पक्की कोठाहरु निर्माण गराउन सफल भएको बताउनुभयो । उहाँले ५०० भन्दा बढि विद्यार्थिहरुलाई पक्की भवनमा ल्याउन सफल भएको भन्दै आगामी दिनमा उक्त अभियानलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता समेत जनाउनुभएको छ । मन्त्री अथकले संघिय सांसदमा निर्वाचित भए लगतै आफ्नो निर्वाचन क्षेत्रमा टिनको छानो बिस्थापन अभियान सञ्चालन गर्दै आउनुभएको छ । 

शिक्षा क्षेत्रको सुधार नगरी समग्र बिकासले गति नलिने भन्दै मन्त्री अथकले आफ्नो मुख्य प्राथामिकतामा शिक्षा रहेतापनि आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासमा केन्द्रित हुने प्रतिवद्धता जनाउनुभएको छ । हरेक विद्यालयलाई प्राविधिकधारमा लैजानुपर्ने आवश्यकता औल्याउँदै मन्त्री अथकले पहिलो चरणमा निर्वाचन क्षेत्रका तिन वटै पालिकाका ४ वटा विद्यालयमा कृषि र सिभिल ईन्जिजियर तर्फको पठनपाठन सुभारम्भ गरीएको बताउनुभयो । उहाँले बाँके जिल्लाको समग्र बिकासका लागी आफु लागी पर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं नेकपा लुम्बिनी प्रदेश संसदीय दलको सचेतक पार्वती पुन (उषा), प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सिराज खान, विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष, पत्रकार र स्थानीयको सहभागीता रहेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार