मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

'मोहम्मद डे'का अवसरमा शुक्रबार जानकी गाउँपालिकामा सार्वजनिक बिदा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१८ भाद्र २०८२, बुधवार

बाँके । बाँकेको जानकी गाउँपालिकाले इस्लाम धर्मका प्रर्वतक हजरत मोहम्मद सल्लाहुवलैहेवुल्मको जन्मजयन्तीको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मका प्रर्वतक हजरत मोहम्मद सल्लाहुवलैहेवुल्मको जन्मजन्यती अर्थात ‘मोहम्मद डे’को अवसरमा गाउँपालिकाको कार्यपालिकाको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष छब्बन खानले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हजरत मोहम्मदलाई ईस्लाम धर्मको अन्तिम पैगम्बरको रूपमा मानिन्छ । उनको जन्म ईसापूर्व ५७१ अर्थात इस्लामिक तिथिअनुसार १२ रविउल्लऔएलका दिन सउदीको मक्कामा भएको थियो ।

उनले तत्कालीन समाजमा रहेका विकृतिविरुद्ध अभियान थालेको इस्लाम धर्मगुरुहरूको भनाइ छ । हजरत मोहम्मद पैगम्बर अल्लाहको अन्तिम दुत रहेको उल्लेख गर्दै अध्यक्ष खानले ‘हजरत मोहम्मद इस्लाम धर्मका प्रचारक हुनुहुन्थ्यो । उहाँले मानवमा अमन शान्ति र मानवताका सन्देश छर्ने काम गर्नुभयो । त्यसकारण मुस्लिम समुदायले उहाँको जन्मजयन्तीलाई विशेष रूपमा बनाउँदै आएका छन् ।’ उहाँले सामाजिक सद्भाव कायम राख्दै जन्मजयन्ती मनाउन अपिल गर्नु भयो । 

मोहम्मद डे मुस्लिम समुदायले मिलाद, फातिहा, कुरयानखानी तथा ब्रत बस्ने गर्छन् । शुक्रबार बिहान ७ बजे बाँकेमा मुस्लिम समुदायहरूले शान्ति र्याली निकाल्ने भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार