मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ - सचिव देवेन्द्र पौडेल

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
शनिबार पार्टीको पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सिसम्म सत्ता गठबन्धनको बैठकमा छलफल गरेर मन्त्रिपरिषद विस्तार गर्ने बताए ।
११ चैत्र २०७९, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।

शनिबार पार्टीको पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सिसम्म सत्ता गठबन्धनको बैठकमा छलफल गरेर मन्त्रिपरिषद विस्तार गर्ने बताए ।

‘प्रधानमन्त्रीलाई गठबन्धनमा रहेका दलहरुले अलग अलग पक्षसँग छलफल गरेर प्रस्ताव बनाउनुस् भन्नुभएको थियो, उहाँले आज गरेको रिपोर्ट अनुसार सबै दलसँग छलफल गर्नुभएको छ । अब भोलिसम्म प्रस्ताव तयार गर्नुहुन्छ र पर्सिसम्म गठबन्धनको बैठक बोलाएर प्रस्ताव गर्नुहुन्छ’, सचिव पौडेलले भने ।

उनका अनुसार प्रदेश सरकार पनि आलोपालो प्रणाली अनुसार निर्माण हुनेछ । ‘प्रदेश सरकार पनि आलोपालो अनुरुप निर्माण हुनेछ र प्रदेश सरकारलाई संघीय सरकारको बजेट र नीति तथा कार्यक्रमसँग जोडेर गतिशील बनाउने छलफल भएको छ’ उनले भने ।

माओवादी बैठकमा संसदलाई गतिशील रुपमा सञ्चालन गर्ने, ऐन कानुन निर्माणमा तिब्रता दिने, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक चाँडै टुंग्याउने विषयमा छलफल भएको पौडेलले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार