मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

कांग्रेसको निष्कर्ष
सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग चाहिँदैन

यूथ टुडे समाचारदाता 3317+ समाचार ( )
२९ श्रावण २०८०, सोमबार

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले एक सय किलो सुन तस्करी प्रकरणको छानबिनका लागि अहिले नै अर्को समिति नचाहिने निष्कर्ष निकालेको छ।

तीन दिनसम्म बसेको संसदीय दलको बैठकका निष्कर्ष सुनाउँदै सोमबार प्रमुख सचेतक रमेश लेखकले सो जानकारी दिएका हुन् । उच्चस्तरीय छानबिन समिति गठबनको माग दलको बैठकमा केही नेताहरूले गरे पनि संसदीय दलको बैठकले भने त्यस्तो छानबिन समिति गठनको आवश्यकता देखिएको निष्कर्ष निकालेको हो ।

बैठकपछि लेखकले भने, ‘त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनबारे कांग्रेस गम्भीर भएको छ। अवैधरूपमा सुन बाहिरिनु चिन्ताजनक छ । यस्ता गैरकानुननी कार्य पूर्णरुपले निस्तेज र नियन्त्रण हुनुपर्छ, यस्ता प्रकृतिको छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो लगायतले छानबिन गरिरहेका छन् । कांग्रेसले यस घटनाको गहिराइमा गएर अनुसन्धान गर्न आग्रह गरेको छ ।’

बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सम्बोधन गरेका थिए । महामन्त्री थापाले राज्यका निकायलाई अविश्वास गर्न नहुने धारणा राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार