मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

लालपुर रंगशालामा दोस्रो बैजनाथ बृहत् तिज महोत्सव लगाईने

यूथ टुडे समाचारदाता 3317+ समाचार ( )
८ भाद्र २०८२, आइतबार

कुशल दलामी 

बाँके । हरितालिका तिजको अवसरमा दोस्रो बैजनाथ बृहत् तिज महोत्सव २०८२ आगामी भदौ १० गते बैजनाथ–६ स्थित बैजनाथ गाउँपालिका स्तरीय रंगशाला लालपुर खेलमैदानमा आयोजना हुने भएको छ ।

बैजनाथ राष्ट्रिय दैनिकको आयोजनामा तथा न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूहको समन्वय र सहजीकरणमा महोत्सव संचालन हुने सामुदायिक वनका अध्यक्ष रामकुमार रानाले जानकारी दिनुभयो । स्थानीय व्यवसायी, युवा संघ–संस्था र सामाजिक संघ–संस्थाको सहयोगमा हुन लागेको यस महोत्सवलाई बैजनाथ गाउँपालिका स्तरीय रंगशालामा दोश्रो बैजनाथ बृहत् तिज महोत्सव संचालन गरिनेछ ।

महोत्सवमा स्थानीय महिलाहरुलाई नाचगान तथा मनोरञ्जनका विविध प्रस्तुतिहरूमा सहज सहभागिता दिलाइनेछ । विशेषगरी बैजनाथकै गर्वको सम्पदा मानसरोवर बोटानिकल गार्डनको प्रचार–प्रसार र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजक तथा बैजनाथ राष्ट्रिय दैनिकका प्रकाशक कुशल दलामीले बताउनुभयो ।

तिज पर्वलाई महिलाहरूले, पतिको दीर्घायु र परिवारको सुख–शान्तिका लागि व्रत बसेर श्रद्धा–भक्तिपूर्वक मनाउने गर्छन् । दर खाने, नाचगान गर्ने र सामूहिक भेटघाटमार्फत महिला एकताको सन्देश प्रवाह गर्ने यो पर्वलाई महोत्सवले अझ सांस्कृतिक एवं सामाजिक उत्सवका रूपमा स्थापित गर्ने अपेक्षा राखिएको छ ।

कार्यक्रम सफल बनाउन स्थानीय ब्यापारी युवा क्लब संघ संस्था एवं स्थानीयहरुको विभिन्न सामाग्री निशुल्क उपलब्ध गराएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार